नेपाल अफगानिस्तानसँग पराजित
काठमाडौं : यु-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। दुबईमा आइतबार भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो।
अफगानिस्तानले २६२ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपाल १८८ रनमै अलआउट भयो। ४१.१ ओभरको खेलेको नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए। त्यस्तै दीपक बोहोरा १५, देव खनाल २४, गुल्शन झा १७, दीपक कँडेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको अफगानिस्ताले ३ बल अगावै अलआउट हुँदै २६१ रन बनायो। अफगानिस्तानका लागि जम्सिदले शतकीय पारी खेलेका थिए।
नेपाल यसअघि पाकिस्तानसँग पराजित भएको थियो। नेपालले अर्को खेल मंगलबार भारतसँग खेल्नेछ।