नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरण : थप एकजना चिनियाँ नागरिक पक्राउ

नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरण : थप एकजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं : नागढुंगामा दुई केजी सुन बरामद प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २७ वर्षीय Chen Zhiwei रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

मंसिर २१ गते रसुवाबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट दुई किलो सुनसहित तीनजना पक्राउ परेका थिए भने चिनियाँ नागरिक Chen फरार थिए।

यसअघि पक्राउ परेका तीनैजना रसुवाका स्थानीय थिए।

पक्राउ परेका चिनिया नागरिक Chen लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले  जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.