भित्र्याउन तयार पारिएको धानमा आगजनी
![भित्र्याउन तयार पारिएको धानमा आगजनी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_YAUR033Acj_Pu64Cdc3mo.jpg)
रौतहट : जिल्लाको फतुवा विजयपुर नगरपालिकामा किसानले भित्र्याउन लागेको धानको बोझामा अज्ञात व्यक्तिले आगजनी गरेका छन्। फतुवा विजयपुर–२ का किसान लक्ष्मीनारायण यादवको पौने २ बिगाह खेतको धान शनिबार राति साढे ९ बजेतिर आगो लगाएका हुन्।
आगलागीबाट सबै धान जलेर नष्ट भएको किसान यादवले बताएका छन्। खेतमा काटेर थुपारेको धान एकै ठाउँमा राखेर आइतबार थ्रेसर लगाउने तयारी गरेकोमा शनिबार राति आगो लगाइदिएको पीडित किसानले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)