अमेरिका पठाइदिने बहानामा लाखौं रकम ठगी गर्ने पक्राउ
![अमेरिका पठाइदिने बहानामा लाखौं रकम ठगी गर्ने पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/French_arrested_Y4u2wapoZU_mMGfnByE4D.jpg)
काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-६ घर भइ हाल ललितपुरको गोदावरी १० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रेविन्द्र रेग्मीले पीडितबाट ८ लाख रकम लिइ फरार रहेका श्रेष्ठ लगनखेलबाट पक्राउ गरेको जानकारी दिए।
श्रेष्ठले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै प्रतिव्यक्ति ३५ लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने झुठो आश्वासन दिएर रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)