यू-१९ एसिया कप क्रिकेट : नेपालले टस जितेर बलिङ रोज्यो
![यू-१९ एसिया कप क्रिकेट : नेपालले टस जितेर बलिङ रोज्यो](https://annapurnapost.prixacdn.net/media/albums/nepal-afaganistan_TgMLxo6lhx_jI1Rx8iJti.jpg)
काठमाडौं : एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले बलिङ रोजेको छ। आइतबार बिहान दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा टस जितेर नेपालले अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो।
सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। यस अगाडिको शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा ३ विकेटको क्षतिमा पूरा गरेको हो।
त्यसैगरी अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले भारतलाई जितका लागि १७३ रनको लक्ष्य दिएको थियो। भारतले उक्त लक्ष्य ३ विकेट गुमाएर पूरा गरेको थियो। नेपालले तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)