किराँत गोल्डकपको उपाधि डाँगीहाटलाई

किराँत गोल्डकपको उपाधि डाँगीहाटलाई
सुन्नुहोस्

फिदिम : फिदिममा सम्पन्न प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको डाँगीहाट फुटबल क्लबले जितेको छ। फिदिम माविको मैदानमा शनिबार भएको उपाधि भिडन्तमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै मोरङले उपाधि कब्जा गरेको हो। 

उपाधि जितेसँगै मोरङले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपबिजेतामा चित्त बुझाएको बिर्तामोडले २ लाख २ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक, पूर्वाधार तथा योजना मन्त्री कमलप्रसाद जबेगुले पुरस्कार प्रदान गरे।

फाइनल खेलमा मोरङको जितका लागि सञ्जय धिमाल र उमेश राईले गोल गरे। झापाका योगेश गुरुङले सान्तवना गोल फर्काएका थिए। खेलको ११ औं मिनेटमा मोरङका सञ्जयले सुरुवाती गोल गरेका थिए। पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेशले थप गोल गरेर जितलाई पक्का गरे। 

झापाको सान्तवनाका लागि दोस्रो हाफको अतिरिक्त समयमा योगेस गुरुङले गोल फर्काएका थिए। खेलको अन्तिम समयमा निकै आक्रमक खेलेको झापाले थप स्कोर गर्न नसक्दा मोरङले उपाधि कब्जा गरेको हो। फाइनल खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी घोषित भए। उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे। उदयमान खेलाडीको रुपमा आयोजक पाँचथर फुटबल क्बलका शुकराज राई पुरस्कृत बने। उनले १० हजार नगद पुरस्कार प्राप्त गरे। 

मोरङका प्रमिजय गच्छदार उत्कृष्ट गोल रक्षकको रुपमा पुरस्कृत बने। मोरङका उमेश कार्की उत्कृष्ट मिडफिल्डरको रुपमा पुरस्कृत बने। मोरङका राजन लिम्बु उत्कृष्ट प्रशिक्षकको रुपमा पुरस्कृत बने। उनीहरूले समान १० हजार नगद पुरस्कार प्राप्त गरे।

खेल अवधिभर तीन गोल गरेका मोरङका सञ्जय धिमाल सार्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत बने। उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे। मोरङका अभिशेक लिम्बु म्यान अफ दी टुर्नामेन्टका रूपमा पुरस्कृत बने। उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे। 

प्रतियोगितामा जम्मा आठ टिमले सहभागिता जनाएका थिए। जिल्लामा सार्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.