यू-१९ एसिया कप : नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

यू-१९ एसिया कप : नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। आइतबार बिहान ११:१५ बजे दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ।

यस अगाडिको शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा ३ विकेटको क्षतिमा पूरा गरेको हो।

त्यसैगरी अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले भारतलाई जितका लागि १७३ रनको लक्ष्य दिएको थियो। भारतले उक्त लक्ष्य ३ विकेट गुमाएर पूरा गरेको थियो। 

सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.