व्यारेकमै करेण्ट लागेर सेनाको मृत्यु

व्यारेकमै करेण्ट लागेर सेनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा सेनाको व्यारेकभित्रै करेण्ट लागेर एक जना सैनिकको मृत्यु भएको छ। बिदुर नगरपालिका-६ देवीघाट जलविद्युत केन्द्र परिसरमा रहेको सेनाको व्यारेकमा शनिबार बेलुकी करेण्ट लाग्दा कार्यरत सेनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

लापरवाहीपूर्ण छोडिएको करेण्ट लाग्दा सेनाको जवरजंग गण, देबीघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ का ३२ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो।

करेन्ट प्रवाहित तारमा छोएको बाँसमा छुँदा सख्त घाइते भएका कार्कीलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लैजादै गर्दा ज्यान गएको स्थानीयको भनाई छ। 

कार्कीको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। घटनाको विवरण नेपाली सेनाको जवरजंग गणले वास्तविकता बताउन चाहेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.