सडक स्तरोन्नति नहुँदा यात्रा असहज

सडक स्तरोन्नति नहुँदा यात्रा असहज
सुन्नुहोस्

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी, रुपन्देही र पाल्पा हुँदै जानुपर्ने अवस्था छ। 

सदरमुकाम कावासोतीलाई प्रदेश सदरमुकामसम्म जोड्ने सडक स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको छ। पूर्वपश्चिम राजमार्गको दलदलेबाट एक सय २५ किलोमिटरको यात्रा गरेर पोखरा पुग्न सकिने भए पनि सडक स्तरोन्नति नहुँदा समस्या भएको छ। 

'पूर्वपश्चिम राजमार्गसँग जोडिएको देवचुली नगरपालिका–१३ दलदलेबाट कुमसोत, पोखरी, कोखे, डेढगाउँ हुँदै तनहुँको मानपुर, भिमाद भएर पोखरा जाने छोटो सडकको ट्रयाक खुलेको छ', देवचुली नगरपालिका–१२ गैँडीका शेरबहादुर पौडेलले भने, 'सडकको स्तरोन्नति नहुँदा यात्रा सहज छैन।' 

कुमसोत कटेपछि पोखरीसम्म करिब सात किलोमिटर सडक अत्यन्तै जीर्ण छ। हुप्सेकोट गाउँपालिकाको पाङ्ग्रेमा पहिरो गइरहन्छ। 'करिब तीन दशक अगाडि यो ट्रयाक खुलेको हो। अहिलेसम्म स्तरोन्नति गरिएको छैन', उनले भने। बौदीकाली गाउँपालिकाको पोखरीबाट कोखेसम्म सडक स्तरोन्नति गरिएको छ। 'पाङ्ग्रेमा बर्खाको बेला सधैँ पहिरो खस्ने गरेको छ', पौडेलले भने।  

दलदले–धौवादी सडकखण्ड (देवचुली खण्ड)का सडक निर्माण समितिका अध्यक्ष रामप्रसाद मरासेनीले सडक निर्माण भएको लामो समय हुँदासमेत स्तरोन्नति हुन नसक्नु दुःखद विषय भएको बताए। 'हामीले प्रत्येक मुख्यमन्त्रीलाई  सडकको अवस्थाबारे जानकारी गराए पनि आश्वासन मात्रै पाउने गरेका छौँ', उनले भने। 
    
सडक स्तरोन्नति गरिए नवलपुरको व्यापार, पर्यटनलगायतका लागि सहज हुन्छ। पहाडी क्षेत्रमा उत्पादन भएका फलफूल तथा कृषिजन्य सामग्री सहजरुपमा बजार लैजान सकिने स्थानीय बताउँछन्। २०४५ सालमा उक्त सडकको ट्रयाक खोल्ने काम गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.