परराष्ट्रमन्त्री साउद कतार प्रस्थान
काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद आज कतार प्रस्थान गरेका छन्। दोहा सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औं फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका प्रेस संयोजक केशव साउदले जानकारी दिए।
कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल-मुखारीसँग भेटवार्ता गर्नेछन्। मन्त्री साउदले यसअघि यही मङ्सिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। उनले मङ्सिर ७ गते नेपालका लागि इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाउनु भइ जोशीको रिहाइका बारेमा छलफल गर्नुभएको मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ।