पेस्तोल र गोलीसहित ३ जना पक्राउ

पेस्तोल र गोलीसहित ३ जना पक्राउ
सुन्नुहोस्

मकवानपुर : हेटौंडा उपमहानगरपालिका-१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्। 

सोही उपमहानगरपालिका-९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानका क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूबाट हतियार सफा गर्ने रड, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रुपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत प्रहरीले बरामद गरेको छ। 

यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.