सरकारले मात्रै महिलामाथिको विभेद् अन्त्य गर्न सक्दैन : मन्त्री आचार्य

सरकारले मात्रै महिलामाथिको विभेद् अन्त्य गर्न सक्दैन : मन्त्री आचार्य
सुन्नुहोस्

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सरकारले मात्रै महिलामाथिको विभेद् अन्त्य गर्न नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आचार्यले महिलामाथिको विभेद् अन्त्य गर्न समाजमा सचेतना ल्याउनुपर्ने र सरकारले संविधानमा उल्लेख कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

उनले संविधानमा उल्लेख समावेशीको विषयलाई कार्यान्वयनमा लैजान सरोकारवाला सबै गम्भीर हुनुपर्ने बताए। निर्वाचनमा पनि दलहरूले समानुपातिक ढंगले महिलालाई स्थान दिन नसके उनको भनाइ छ। 

उनले महिला विभाग खारेज गर्ने निर्णय आफू मन्त्रालय आउनुभन्दा पहिले नै भएको दाबी गरे। विभाग खारेज भए पनि यसले गर्ने काम अब मन्त्रालयको एउटा शाखाले गर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.