ललितपुर सिटी एफसीले आइतबारको खेलमा दुई हजार टिकट निशुल्क बाँड्ने
![ललितपुर सिटी एफसीले आइतबारको खेलमा दुई हजार टिकट निशुल्क बाँड्ने](https://annapurnapost.prixacdn.net/media/albums/Lalitpur_KPSkuhz2qb_1qTBFd4NqW.jpg)
काठमाडौं : नेपाल सुपर लिग एनएसएलको आइतबारको खेलमा ललितपुर सिटी एफसीले दुई हजार टिकट निशुल्क बाँड्ने भएको छ। ललितपुरले आइतबार चितवनसँग खेल्दैछ। चितवनविरुद्धको खेलमा दुई हजार टिक बाँड्न लागिएको ललितपुर सिटी एफसीका प्रवन्ध निर्देशक आलोकजंग जोशीले जानकारी दिए।
यसअघिको खेलमा ललितपुरले आफ्ना समर्थकहरूलाई एक हजार टिकट बाँडेको थियो भने त्यसअघिको खेलमा ५ सय टिकट बाँडेको थियो। ललितपुरका समर्थकलाई फुटबल देखाउने उद्देश्यले टिकट बाँड्न लागिएको जोशीको भनाइ छ। 'ललितपुरका फ्यानहरूलाई रंगशालामा पुगेर खेल देखाउने उद्देश्यले टिकट प्रदान गर्दै आएका छौं। यसले टिमलाई पनि हौसला मिलेको छ,' अन्नपूर्णसँग उनले भने।
ललिपुरको खेल हेर्नका लागि त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको भुँइतलमा रहेको पेपे पिज्जा र घान्द्रुक नेपाली किचेनबाट निशुल्क टिकट लिन सकिनेछ। आइतबार दिउँसो २ बजेदेखि टिकट वितरण गरिने प्रवन्ध निर्देशक जोशीले जानकारी दिए। खेल ५ बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)