झापा र वीरगन्जले अंक बाँडे

झापा र वीरगन्जले अंक बाँडे
सुन्नुहोस्

काठमाडौं : झापा एफसी र वीरगन्ज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल)को खेलमा अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा झापा र वीरगन्जले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

दुवै टोलीले पाएको अवसर सिर्जना गर्न नसक्दा अंक बाँड्न बाध्य भए। झापाले पहिलो हाफमा केही राम्रो अवसर बनाए पनि फिनिसिङमा चुकेको थियो। खेलको अन्त्यतिर वीरगन्जले झापामाथि लगातार दबाब बनाए पनि गोल गर्न भने सकेन।

आठौं स्थानको झापाले चार खेलमा तीन बराबरी र एक हारको नतिजासहित तीन अंक जोडेको छ। यसैगरी पुछारको वीरगन्जले चार खेलमा दुई बराबरी र दुई हारको नतिजासहित दुई अंक जोडेको छ। 

प्रतियोगिताअन्तर्गत बिहीबार धनगढी एफसी स्पोर्टिङ इलाम तथा दोस्रो खेल काठमाडौं रेजर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ। एनएसएसको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी, वीरगन्ज युनाइटेड, बुटवल लुम्बिनी, धनगढी, चितवन, झापा, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसीले स्पर्धा गरिरहेका छन्।

पुस १४ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेतालाई ७० लाखदेखि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.