गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउँछु : प्रधानमन्त्री

गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउँछु : प्रधानमन्त्री
सुन्नुहोस्

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले देशमा केही पनि भएको छैन भनेर जनतालाई अन्धकारमा देखाउनेहरू हाबी भइरहेको आरोप लगाएका छन्। शुक्रबार धनगढीमा १७औं संस्करणको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आरोप लगाएका हुन्।

‘अहिले देशमा केही पनि भएको छैन। जताततै अन्धकार छ। यो ब्यवस्था नै ठीक होइन भन्नेहरूको जमात हाबी हुन थालेको छ। तर प्रमुख प्रतिपक्षीसहित सत्तारुढ गठबन्धन त्यस्तो आवाजको विरुद्धमा एक ठाउँमा आएका छौं,' दाहालले भने, 'जुन देशका जनता निरास भए त्यस देशमा विकास र समृद्धि हुँदैन, अहिले ब्यवस्थाविरुद्ध जनतालाई भड्काउनेहरू हाबी भएका छन्।’

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदासम्म देशको अहित हुने खालको कुनै पनि गतिविधि हुन नदिने दाबी गरे। ‘म देशको समृद्धिको खाका बोकेर अघि बढिरहेको छु। म सत्तामा गएको बेलाको भन्दा अर्थतन्त्र सुधार भएको छ। राजश्व वृद्धि भएको छ। सार्क मुलुकमा सबैभन्दा बढी विदेशी मुद्रा हाम्रो देशमा सञ्चिति बढी छ। ७ महिनाका लागि मात्र छ भनिएको सञ्चिति १७ महिना पुगेको छ। तर धेरैले जनतालाई देश श्रीलंका भइसक्यो भनेर भ्रममा पारिरहेका छन्,' उनले भने। समृद्धि र विकासको अभियानमा सबै नेपालीको सहयोगको अपेक्षा गरेको उनको भनाइ छ।

लामो समय खिचातानीमा परेको तर अहिले सय शय्याको अस्पतालका रूपमा सञ्चालनमा आएको गेटा मेडिकल कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाइने दाबी प्रधानमन्त्रीले गरे। 'मेरै पालामा मेडिकल कलेजको पूर्वाधारको काम सुरु भएको हो। मेरै पालामा त्यसलाई देशकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने तयारी अघि बढिसकेको छ। शिक्षा र स्वास्थ्य मन्त्रालयको रायका आधारमा मेडिकल विश्वविद्यालयको क्याबिनेट निर्णय भइसकेको छ। अरु काम अघि बढिरहेको छ,' उनले भने। उनले फाप्ला रंगशालालाई पनि आगामी क्याबिनेटमा राष्ट्रिय गौरवको आयोजनामा राख्ने प्रतिवद्धता जनाएका थिए।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री दाहाललाई १० बुँदे माग र १० किलो फूलको माला लगाइएको थियो। २०६३ सालमा २१ किलोको माला र २१ बुँदे माग बाट सुरु भएको सालिन आन्दोलनमा अहिलेसम्म ११ मागहरू आंशिक पूरा भएकाले १० बुँदे माग र १० किलोको माला लगाइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.