प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई जिताउनुपर्छ : उपसभामुख राना

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई जिताउनुपर्छ : उपसभामुख राना
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउनुपर्ने जरुरी भएको बताएकी छन्। 

 
कृषि, वन, आधारभूत स्वास्थ्य तथा सहकारी (एबीसी) नेपाले लै‌गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ‘हिंसापछिको जीवन अनुभव आदानप्रदान कार्यक्रम’मा उपसभामुख रानाले महिलालाई संविधानले व्यवस्था गरेको कोटामा महिलाले नै प्रतिस्पर्धा गर्ने खालको वातावरण बनाउनुपर्नेमा जोड दिइन्।  

'कानुनीरुपमा व्यवस्था गरिएको सिटमा पनि महिलालाई समानुपातिकमा राखिन्छ, त्यसले महिलाको क्षमता र नेतृत्व विकासमा सहयोग गरेको छैन', उपसभामुख रानाले थपिन्, 'महिलालाई प्रत्यक्षमा निर्वाचनमा उठेर जित्ने वातावरण बनाउन जरुरी छ, त्यो काम राज्यले गर्नुपर्छ।'
 
अहिले पनि मुलुकमा लैंगिक हिंसा अन्त्य हुन नसकेको उल्लेख गर्दै उनले बाल्यावस्थादेखि नै छोराछोरीलाई समान तरिकाले हुर्काउने र विद्यालय, घर र समाजबाट लैंगिक हिंसा अन्त्यका लागि काम गर्नुपर्नेमा जोड दिइन्। 
 null
राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले लैंगिक हिंसा न्यूनीकरण गर्नका लागि सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिइन्।  राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले परिषद्को गत वर्षको बालबालिकाको राष्ट्रियस्थित प्रतिवेदनमा दुई हजार एक सय बालिकामाथि हिंसा भएको देखिएको जानकारी दिँदै बालिकामाथि हिंसाको दर क्रमशः कम हुँदै गए पनि सोचेअनुरुप काम हुन नसकेको बताए।
     
कार्यक्रममा एबीसी नेपालका संस्थापक तथा संरक्षक दुर्गा घिमिरले ४० वर्षदेखि निरन्तर आफूले महिला हिंसाविरुद्धमा काम गरिरहेको र अहिलेसम्म महिला र बालिकाकै लागि काम गर्दै आएको जानकारी गराउन पाउँदा खुसी लागेको बताइन्।
 
संस्थाका अध्यक्ष मीना खत्रीले महिलामाथि हुने हिंसा न्यूनीकरण गर्नका लागि घरबाटै सुरुवात गर्नुपर्ने र त्यसका लागि अभियान नै सञ्चालन गर्नुपर्ने जरुरी रहेको बताइन्। कार्यक्रममा संस्थाले प्रदान गर्दै आएको सेवा र संस्थामा रहेका बालिकाले हिंसापछि आफूले पुनःजीवन पाएको अनुभवका राखेकी थिइन्। 

उक्त संस्थाले ३४ वर्षदेखि मानव बेचबिखन, यौनजन्य हिंसा, शोषण एवं घरेलु हिंसाबाट प्रभावित महिला तथा बालिकाका लागि पुनःस्थापना गृह (आवास गृह) सञ्चालन गरी हालसम्म करिब छ हजारभन्दा बढी महिला तथा बालिकाका लागि आवास, शिक्षा, परामर्श, तालिमजस्ता सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.