उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबीच भेटवार्ता

उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेका छन्।

भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग र समझदारीबाट संगठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवले नेपाल सार्क वडापत्रका अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहदै आएको बताउँदै दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवं सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम बन्नसक्ने बताए। 'दक्षिण एसियाली क्षेत्रका जनताको आशा यस क्षेत्रीय संगठनको प्रभावकारितामा रहेको छ। तसर्थ, सदस्य राष्ट्रहरुले यस क्षेत्रीय संगठनलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नुपर्छ,' उनले भने।

उपराष्ट्रपति यादवले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइ र अन्य महत्वपूर्ण बैठकसमेत हुन नसकेको अवस्थाले सार्कको कार्यमा असर परेकोमा चिन्ता व्यक्त गरे। उनले सार्क सदस्य राष्ट्रहरुले अवरुद्ध शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटाउने बताए। 

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा महासचिवको विचार र योजनाप्रति धन्यवाद दिँदै महासचिवले आफ्नो सक्षम नेतृत्वबाट सार्क प्रक्रियालाई थप सक्रिय बनाउन र यस क्षेत्रले भोगिरहेका चुनौतीको सामना गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.