एनसेलको सेयर खरिद बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

एनसेलको सेयर खरिद बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश
सुन्नुहोस्

काठमाडौं : उच्च अदालत पाटनले एनसेलको सेयर खरिद बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषत्तोमप्रसाद ढकालको एकल इजलासले एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा पूर्व स्वीकृत नलिएको देखिएकाले कम्पनी रजिस्ट्रारको कार्यालयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

संसदको सार्वजनिक लेखा समितिले एनसेलको खरिद बिक्री रोक्का गर्न नेपाल सरकारलाई अनुरोध गरेको, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धित निकायलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको र नेपाल दूरसञ्चार प्राधिकरणले समेत सेयर खरिद बिक्री गर्दा स्वीकृति नलिएको प्राप्त मसिलको आधारमा उक्त आदेश दिएको हो।

दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) र सो को विनियमावली २०७३ को विनियम ४ (क) बमोजिम सेयर खरिद बिक्रीमा स्वीकृति नलिएको भन्दै उच्च अदालत पाटनले मंसिर २५ गतेसम्मको लागि खरिद बिक्री भएका एनसेलका सेयरहरू दर्ता किताबमा दर्ता नगर्न नगराउनु विपक्षीका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षी भनिएका कम्पनी रजिस्ट्रारको कार्यालयलाई २५ गते हुने छलफलमा उपस्थित हुन त्यस सम्बन्धमा कुनै निर्णय भएको छ भने सो निर्णयसमेत लिई उपस्थित आदेश दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.