डाँगीहाट फाइनलमा

डाँगीहाट फाइनलमा
सुन्नुहोस्

फिदिम : मोरङको डाँगीहाट फुटबल क्लब फिदिममा जारी अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। फिदिम माविको मैदानमा बुधबार भएको सेमिफाइनलको पहिलो खेलमा आयोजक पाँचथर फुटबल क्लबलाई टाइबे्रकरमा ४–१ गोलले पराजित गर्दै मोरङले फाइनलको स्थान पक्का गरेको हो। फाइनल पुगेसँगै डाँगीहाटले कम्तीमा दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार सुरक्षित गरेको छ। 

निर्धारित समयमा दुवै टोलीले गोलरहित खेलपछि टाइबे्रकबाट जित निर्धारण भएको थियो। टाइबे्रकरमा मोरङका उमेश कार्की, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बूले गोल गरेका थिए। आयोजक पाँचथरका असिम राईले मात्रै गोल गरेका थिए। पाँचथरका कप्तान रोशन आङ्देम्बे र प्रकाश धमलाले गोल गर्न नसक्दा आयोजकको उपाधि जित्ने सपना सेमिफाइनलमै टुंगिएको हो। प्रकाशको प्रहारलाई मोरङका गोलरक्षक प्रमिजय गच्छदारले विफल बलाइदिएका थिए भने कप्तान रोशनको प्रहार पोस्ट्भन्दा बाहिर गएको थियो।  

बुधबारको खेलमा मोरङका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ दी म्याच घोषित भए। उनलाई नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ र आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले पाँच हजार नगद पुरस्कार प्रदान गरेका थिए। 

बिहीबार ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबसँग झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब भिड्नेछ। प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.