एनसेलको खरिदबिक्री शंकास्पद छ,  सरकार र दलहरू कठोर बनौं : विश्वप्रकाश शर्मा

एनसेलको खरिदबिक्री शंकास्पद छ,  सरकार र दलहरू कठोर बनौं : विश्वप्रकाश शर्मा
#No_Tax_No_Ncell अभियानमा विश्वप्रकाश शर्मा
सुन्नुहोस्

काठमाडौं : एनसेलले शंकास्पदरुपमा शेयर खरिद बिक्री गरेको भन्दै सर्वत्र आलोचना र बहस भइरहेको छ। एनसेलको कारोबार अपारदर्शी र संशयपूर्ण रहेकाले अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिद बिक्री रोक्नेर अनुसन्धान गर्नुपर्ने अर्थ र सार्वजनिक लेखा समितिले समेत ठहर गरेको छ।

यसैसन्दर्भलाई लिएर सत्ता गठबन्धनकै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको `खरिदबिक्री´शंकास्पद भएको दाबी गरेका छन् । उनले यसलाई रोकेर यो `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी भएको टिप्पणी गरेका छन्। 

उनले अनियमितताविरुद्ध सरकार, प्रतिपक्ष, प्रेस र नागरिक सम्पूर्ण रुपले एकढिक्का उभिने संकेत सकारात्मक भएको उल्लेख गरे।

‘अनियमितताविरुद्ध सम्पूर्ण एकताको द‍ृष्टिका साथ,सरकार, प्रतिपक्ष, प्रेस र नागरिक सम्पूर्ण रुपले एक ढिक्का उभिने संकेत सकारात्मक छ। शर्माले ट्वीटरमार्फत भनेका छन्,‘बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गरौं। अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपूर्ण ढंगले कार्य गरौं ।’

उनले बाह्य लगानीको थप सुरक्षित वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। शर्माले पहिलेको तस्बिर सार्वजनिक गर्दै भने, ‘एनसेलले `पुँजिगत लाभकर´नतिर्ने प्रपन्च गर्दा त्यो बेला हामीले अघि बढाएको अभियानको नाम थियो- #No_Tax_No_Ncell । दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो। अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी छ । जनदबाबको स्वतस्फूर्त साथ फेरि पनि साथमा हुनेछ।’

यता एमाले सचिव योगेश भट्टराईले एनसेल प्रकरण सामान्य नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सार्वजनिक लेखा समितिमा जवाफ दिनुपर्ने बताए। अहिले अर्थ मन्त्री नेतृत्व कांग्रेस प्रवक्ता प्रकाशशरण महत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेकी छन्।

१ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियाटाले ६ अर्ब ६५ करोडमा बिक्री गरेको हो। दूरसञ्चार नियमावलीमा चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गरेको थियो। बिक्री गरेको विज्ञप्ति आएपनि नेपाल दूरसञ्चार प्राधिकरणले भने अनुमति नलिएको जानकारी गराएको छ। एनसेलको शेयर खरिदमा चलखेल र शंकास्पद भएको भन्दै छानबीन गर्नुपर्ने आवाज उठेपछि र प्राधिकरणले पत्र काटेपछि शेयर खरिद-बिक्रीसम्बन्धी कागजात संकलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै २ बुँदे जवाफ पठाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.