पूर्वसुरक्षाकर्मी नै रुस पठाउने प्रमुख एजेण्ट, सेना र प्रहरी पहिलो रोजाइ

पूर्वसुरक्षाकर्मी नै रुस पठाउने प्रमुख एजेण्ट, सेना र प्रहरी पहिलो रोजाइ
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसरका प्रमुख एवं एसएसपी भुपेन्द्रबहादुर खत्री।

काठमाडौं : अवैधरूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेण्ट पूर्व सुरक्षाकर्मी भएको खुलेको छ। पूर्वसुरक्षाकर्मी समेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्माले हालसम्म १८ जनालाई रुस पठाइसकेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२ जनालाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसर काठमाडौंले उक्त गिरोहमा पूर्व सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो। 
परिसरका प्रमुख एवं एसएसपी भुपेन्द्रबहादुर खत्रीले पूर्व सुरक्षाकर्मीहरूले नै नेपालीहरूलाई अवैधरूपमा रुस पठाउने गरेको बताए। 'रुस पठाउने प्रमुख एजेण्ट नै पूर्व सुरक्षाकर्मी रहेको खुलेको छ। राम्रो आम्दानीको प्रभलोभनमा रुस जानेहरू पनि पूर्व सुरक्षाकर्मीहरू नै बढी छन्,' एसएसपी खत्रीले भने।

रुस-युक्रेन युद्ध सुरु भएपछि हातहतियारबारे जानकारसमेत रहेका पूर्व सुरक्षाकर्मीहरू त्यसतर्फ जाने गरेको उनको भनाइ छ। पक्राउ परेकाहरूमध्ये तीन जना प्रमुख एजेण्ट रहेको प्रहरीको भनाइ छ। जसमा हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र गोकर्ण अर्याल छन्। 

प्रहरीले सुजाताको कार्यालयबाट १४ लाख १८ हजार ५ सय नगद र २७ थान पासपोर्ट बरामद गरेको थियो। त्यस्तै पक्राउ परेका अर्का व्यक्ति ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद, १६ थान पासपोर्ट, एक थान ल्यापटप, एक थान प्रिन्टर र ७ थान मोबाइल बरामद गरिएको एसएसपी खत्रीले बताए। उनीहरूले रुस जानेहरूसँग ७ देखि १२ लाख असुल्ने गरेको प्रहरीको भनाइ छ।

रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई पठाइ त्यहाँबाट रुस पठाइएको पाइएको छ। कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए। उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूपमात्र भएको बताए। 'अहिले पक्राउ परेकाहरू संख्या प्रारम्भिक रूपमात्र हो। योभन्दा बिगर पिक्चार आउन बाँकी छ। प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ,' एसएसपी खत्रीले पत्रकार सम्मेलनमा भने। 
टेकुस्थित काठमाडौं प्रहरी परिसरमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरिएको थियो। पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौं जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिरहाका १९ वर्षीय दिपेन परियार रहेका छन्।

त्यस्तै काभ्रेका २९ वर्षीय सुबास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका ३८ वर्षीय द्रोण डाँगी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.