विधानसभामा भाजपा झन् बलियो

विधानसभामा भाजपा झन् बलियो
सुन्नुहोस्

नयाँदिल्ली : भारतको मध्यप्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि देखिएको छ। भारतीय निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार तेलंगनामा कंग्रेसले भारत राष्ट्र समिति (बीआरएस)को १० वर्षसम्मको सत्तालाई अन्त्य गर्न सक्ने देखिएको छ।  निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मध्यप्रदेशमा भाजपाले २ सय ३० मध्ये १ सय ६४ सिटमा अग्रता लिएको छ भने कंग्रेसले ६५ सिटमा अग्रता लिएको छ। 

राजस्थानमा भाजपाले १ सय ९९ सिटमध्ये १ सय १५ सिटमा अग्रता लिएको छ, जुन अशोक गेहलोत सरकारलाई सत्ताच्युत गर्ने दिशामा छ। राज्यमा कंग्रेसले ६९ सिटमा अग्रता लिएको छ। 

छत्तीसगढको चुनावमा अधिकांश सर्वेक्षण ‘एक्जिट पोल’ले कंग्रेसले सरकार कायम राख्ने अनुमान गरे पनि परिणामले भने अर्कै देखाउँछ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार भाजपाले ९० मध्ये ५४ सिटमा अग्रता लिएको छ भने कंग्रेसले ३५ सिटमा अग्रता लिएको छ। 

तेलंगनामा १ सय १९ सदस्यीय विधानसभामा कंग्रेसले ६४ सिटमा अग्रता लिएको निर्वाचन आयोगको अद्यावधिक विवरणले देखाएपछि वर्तमान बीआरएसले हार स्वीकारेको छ। बीआरएसले ३९ सिटमा अग्रता लिएको छ भने भाजपा र बीआरएसका संयुक्त उम्मेदवारले क्रमशः ८ र ८ सिटमा अग्रता लिएका छन्। 

‘विकासको राजनीतिप्रति जनताको विश्वास’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यप्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै परिणामले विकास र सुशासनको राजनीति र भाजपामाथि मात्र जनताको विश्वास रहेको देखाएको बताएका छन्। उनले मतदाताहरू, विशेष गरी महिला मतदाताहरू र युवाहरूलाई भाजपामाथिको उनीहरूको स्नेह र आशीर्वादको लागि धन्यवाद दिए। 

प्रधानमन्त्री मोदीले भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ जनता अगाडि बढिरहेको र आज हामीले त्यस दिशामा बलियो कदम चालेका छौं भने। उनले भाजपाले जनताको हितका लागि कडा मेहनत गरिरहने बताए। सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत एक सन्देश जारी गर्दै उनले भने, ‘हामी जनतासामु नतमस्तक छौं। मध्यप्रदेश, राजस्थान र छत्तीसगढको परिणामले भारतका जनताको विश्वास सुशासन र विकासको राजनीतिमा मात्र छ, उनीहरूलाई भाजपामा विश्वास छ भन्ने बताइरहेको छ।’

‘पार्टीको विचारधाराको लडाइँ जारी रहने’

यसैबीच, कांग्रेस नेता राहुल गान्धीले आइतबार मध्यप्रदेश, छत्तीसगढ र राजस्थानको विधानसभा चुनावमा पार्टीको हार स्वीकार गरे पनि पार्टीको विचारधाराको लडाइँ जारी रहने बताए।  -  एएफपी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.