विभिन्न स्थानमा पाँच जनाको शव फेला

विभिन्न स्थानमा पाँच जनाको शव फेला
सुन्नुहोस्

काठमाडौं : भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका-९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा एक जनाको शव फेला परेको छ। 

दोलखाको काटाकुटी गाउँपालिका-२ घर भएका ४१ वर्षीय निमा लामा आज मृत अवस्थामा फेला परेका हुन्। उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

यसैगरी दाङको घोराही  उपमहानगरपालिका-१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका-१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी मृत अवस्थामा फेला परेका छन्। 

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-१ नवज्योती टोल  बस्ने ४७ वर्षीया रुपा सुनार आफ्नै घरमा आज मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

ललितपुरको ललितपुर महानगपालिका-२५ भैँसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया एलिना राई आफु बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा मृत अवस्थामा फेला परेकी छन्। 

झापा जिल्ला गौरादह नगरपालिका-४ डोरामारी बस्ने ७५ वर्षीय जयप्रसाद सङ्ग्रौला गौरादह नगरपालिका-४ र गौरदह नगरपालिका-६ को सिमानामा पर्ने दामुना खोलामा आजै मृत अवस्थामा फेला परेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.