बागमतीमा विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक

बागमतीमा विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ। 

आइतबार दिउँसो १ बजेदेखि बसेको सर्वदलीय बैठकमा कुनै पनि विषयको टुंगो लागेन। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आग्रहमा सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका थिए।

बैठकमा वर्तमान राजनीतिक घटनाक्रमसँगै संसदीय समितिहरूमा सभापतिहरूको टुंगो लगाउने, हिउँदे अधिवेशन बोलाउने र प्रदेशको बजेट पारित हुनुपुर्व प्रतिपक्षदलसँग भएका सहमतिका विषय नै मुख्य एजेन्डा रहेका थिए।

नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाले वर्तमान सरकार मनोमानी ढंगले अघि बढेको बताए।  उनले भने, 'प्रदेशको मुख्यमन्त्री जम्कट्टेलमा कुनै पनि विषयमा गम्भीर छैनन्। हामीले सधैं सरकार खोजिरहेका छौं। सरकार सधैं गैरजिम्मेवार र लापरबाही ढंगले अघि बढिरहेको छ।' 

एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण खनालले पूर्वाधार विकास कोषको सन्दर्भमा अख्तियारको पत्रले रोकिएकाले अगाडि बढ्ने विषयमा छलफल भएको बताए। गत साउनमा प्रतिपक्ष दलहरूसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.