अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ
![अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_SiHn62yJke_xeuAsuhXUI.jpg)
काठमाडौं : अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा-३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुंगाको लिखु गाउँपालिका-७ घर भइ हाल मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोसी-६ घर भई हाल काठमाडौंको कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की,सल्यानको कपुरकोट-५ घर भइ हाल काठमाडौंको बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ भइ हाल काठमाडौं बस्ने ३३ वर्षीय अमृत रोक्का रहेका छन्।
काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेंगटार, बानेश्वर लगायत विभिन्न स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)