श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
सुन्नुहोस्

बागलुङ : बागलुङमा आफैं श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा जिल्लाको बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए। 

उनले शाहीको टाउको र दायाँ खुट्टामा गम्भीर चोट लागेको अवस्थामा श्रीमान् र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको ल्याएको बताए। ‘वडाअध्यक्ष नारायणप्रसाद पौडेलले इलाका प्रहरी कार्यालय बलेवामा खबर गरेपछि प्रहरी सँगै गम्भीर घाइते शाहीलाई अस्पताल ल्याइपुर्‍याएको थियो,’ डीएसपी केसीले भने,‘शाहीलाई धौलागिरि अस्पताल बागलुङले मृत घोषणा गरेको छ। प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छौं।’

श्रीमान् नेपालीले लडेर घाइते भएको बयान दिए पनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको डीएसपी केसीले बताए। घटनाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरी भनाइ छ। सिंहलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डीएसपी केसीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.