डोल्पाको भाइरल प्रभावित रसी गाउँमा उपचार सुरु

डोल्पाको भाइरल प्रभावित रसी गाउँमा उपचार सुरु
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ मा पर्ने रसी गाउँमा साढे २ सय बिरामीको उपचार गरिएको छ। एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी,ज्वरो र घाँटी दुख्ने लक्षणले थलिएका २५० बिरामीको निःशुल्क उपचार गरिएको हो।

शनिबार बिहानै वडाध्यक्ष टंक थापाको नेतृत्वमा गएको चार जना स्वास्थ्यकर्मीको टोलीले भाइउपचार गरेको स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए। ‘गाउँमा प्रत्येक घर जस्तो रुघा,खोकी, घाँटी दुख्ने,टाउको दुख्ने लगायतका लक्षणका बिरामी छन्,गाउँमा पहिलो चरणको भाइरल सकिएर दोस्रो चरणको भाइरल फैलिसकेको रहेछ,वृद्धवृद्धा, बालबालिका पुरै थलिएका छन्’, उनले भने।

मौसम परिवर्तनसँगै यस्तो किसिमको भाइरल गाउँभरी नै फैलिएको पाइएकाले सबै बिरामी राम्रोसँग ठिक नहुञ्जेल स्वास्थ्यकर्मीले सेवा दिइराख्ने उनको भनाइ छ।

नगपालिकाबाट आएको स्वास्थ्यकर्मीको टोलीले बिरामीहरुलाई चेकजाँच गरी औषधि बितरण गरेको स्थानीय बुधबहादुर बुढाले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.