गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु
काभ्रे : काभ्रेमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। शनिबार बिहान धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित भकुन्डेबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र १ ०१ ००१ च ८५९२ नम्बरको गाडीले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट धुलिखेल नगरपालिका-११ पात्लेखेतका ५० वर्षीय यमुनाप्रसाद धिताल घाइते भएको र धुलिखेल अस्पताल उपचारको क्रममा आज बिहान ७ बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।