डोल्पाको रसी गाउँ भाइरलले थला, घरैपिच्छे बिरामी
![डोल्पाको रसी गाउँ भाइरलले थला, घरैपिच्छे बिरामी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_ZiowPtzp7e_gcEhBI1BP4.jpg)
डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेको छ। एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी,ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरू देखिएका छन्।
गाउँमा रहेका १४० घरधुरीमध्ये अधिकासं घरमा रुघाखोकी,ज्वरो र घाँटी दुख्नेका बिरामी रहेको स्थानीय बुधबहादुर बुढाले जानकारी दिए।
करिब एक महिना भयो, घरैपिच्छे बिरामी छन्, रुघाखोकी, ज्वरो, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिएको छ,' उनले भने। भाइरल ज्वरोले सिंगो गाउँ नै थला परे पनि अहिलेसम्म पनि स्वास्थ्यकर्मीको टोली उपचारका लागि नपुगेको उनले बताए।
त्रिपुरासुन्दरी नगरपालिकाको टोली शनिबार स्वास्थ्यकर्मीसहित गाउँ जान लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए।
रसी गाउँमा केही हप्तादेखि भाइरलका बिरामी बढेको भन्ने जानकारी आज मात्रै आएकाले औषधि सहितको स्वास्थ्यकर्मीको टोली भोलि नै जान लागेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)