फोहरमैला व्यवस्थापन गर्न कार्ड वितरण गरिँदै

फोहरमैला व्यवस्थापन गर्न कार्ड वितरण गरिँदै
सुन्नुहोस्

कञ्चनपुर : फोहरमैला व्यवस्थापन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाइएको छ। 

पूर्वपश्चिम राजमार्गसँग जोडिएका कलुवापुर, झलारी, वनसमिति, गर्जमुनी बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन कार्ड वितरणका लागि कर्मचारी खटाएको हो। 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ (२) ख मा भएको व्यवस्थासँगै नगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन २०७५ र आर्थिक ऐन २०८० बमोजिम फोहरमैला व्यवस्थापनका लागि पूर्वपश्चिम राजमार्ग छेउछाउका व्यवसायी, उद्यमी, आवासीय क्षेत्रका घरघुरीको लगत संकलन गरी कार्ड वितरणको कार्य भइरहेको नगरपालिकाको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख कृष्णप्रसाद भट्टले बताए।

 
उनका अनुसार लगत संकलन र कार्ड वितरणका लागि चार जना कर्मचारीलाई खटाइएको छ। नगरपालिकाको आन्तरिक आय बढाउन र फोहरमैलालाई थप व्यवस्थित बनाउनका लागि यस कार्यलाई अगाडि बढाइएको उनले उल्लेख गरे। 

हाल झलारी, वनसमिति र कलुवापुर बजार क्षेत्रमा नगरपालिकाले निःशुल्करुपमा फोहर उठाउँदै आएको छ। लगत संकलन र कार्ड वितरणको कार्य पूरा भएपछि नगरपालिकाले बजार क्षेत्रका घरधनीबाट फोहर उठाएबापत शुःल्क लिने भएको छ। 

फोहरमैला संकलन गरेबापत उठाउने राजस्वबाट नगरपालिकाले फोहरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको तलबको व्यवस्था गर्ने र बाँकी रहेको रकम थप फोहरमैला व्यवस्थापनका क्षेत्रमा खर्च गर्ने भएको छ।  

उनका अनुसार भान्सा, घरबाट निस्कने फोहर, घर बाहिरबाट निस्कने फोहर, विद्यालयबाट निस्कने फोहर, बजारबाट निस्कने फोहर, अस्पतालबाट निस्कने गरी नगरपालिकामा हाल दुई मेट्रिकटन फोहर संकलन हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.