रसुवामा छोराको कुटपिटबाट बुबाको हत्या
रसुवा : उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन्।
जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षीय बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो।