झापामा जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए । 

मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । 

सोही बेला एउटा जंगली हात्तीसँग उनको जम्काभेट भयो । सोही क्रममा एउटा हात्तीले लछारपछार गर्दै उनलाई कुल्चिएर मारेको प्रहरी निरीक्षक गिरीले बताए । 

उनको शव स्थानीयले बिहान १० बजेर ५० मिनेटमा देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.