धनगढी शीर्ष स्थानमा

धनगढी शीर्ष स्थानमा
सुन्नुहोस्

काठमाडौं : साविक उपविजेता धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनी  एफसीलाई १–० गोलले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो। धनगढी स्पष्ट दुई अंकको अग्रता लिँदै शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानको ललितपुर सिटी एफसीको दुई खेलमा चार अंक छ। पहिलो खेलमा धनगढीले वीरगन्ज युनाइटेडलाई २–१ गोलले पराजित गरेको थियो।

निकै प्रतिस्पर्धात्मक खेलमा इन्जुरी समयमा आफिज ओलावालेले निर्णायक गोल गरेपछि धनगढीले बुटवल लुम्बिनी  एफसीलाई १–० गोलले पराजित गरेको हो। खेलको १९औं मिनेटमा मणि लामाको प्रहार धनगढीका गोलरक्षक मोहमद ताहाले बचाए। त्यसलगत्तै बुटवल लुम्बिनीले फ्रिकिक पाएको थियो। कप्तान एरिक विष्टको प्रहार धनगढीका गोलरक्षक ताहाले मुस्किलले बचाएका थिए। २५औं अहमद हिजाजीको प्रहार पोस्ट्मा लागेर बाहिरिँदा धनगढी अग्रता लिनबाट बञ्चित भएको थियो। 

३६ औं मिनेटमा बुटवल अग्रता लिनबाट चुक्यो। एरिक विष्टको कर्नरमा जिलेस्पीजंगको हेड बललाई ताहाले बचाएका थिए। त्यस लगत्तैको काउन्टर एट्याकमा धनगढीले गोल गर्न सकेन। 

७२औं मिनेटमा बुटवलले गोलको सुनौलो अवसर खेर फालेको थियो। आइकोनिक खेलाडी आशिष लामाले दिएको पासलाई निराजन धामी र स्टेफन बिनोङले भेट्टाउन सकेनन्। धनगढी शीर्ष स्थानमा उक्लिँदा बुटवल लुम्बिनीले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा बुटवल ललितपुर सिटी एफसीसँग २–० गोलले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.