मधेस र आर्मी फाइनलमा

मधेस र आर्मी फाइनलमा
सुन्नुहोस्

पोखरा : मधेस प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप टीट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बिहीबार भएको खेलमा मधेसले विभागीय टोली एपीएफ र आर्मीले बागमती प्रदेशलाई स्तब्ध पार्दै उपाधि भिडन्त पक्का गरेका हुन्। पोखरा रंगशालमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा मधेशले एपीएफलाई ११ रनले हरायो। एक सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८६ रन मात्रै बनाउन सक्यो। एपीएफका कप्तान प्रदीप ऐरी र सन्दीप जोराले अर्धशतकीय पालि खेले। प्रदीपले ५५ र सन्दीपले ५४ रन बनाए। यस्तै लोकेश बमले ३२, भुवन कार्कीले १४ र सुमित महर्जन १३ रन बनाए। मधेसका विशाल पटेलले तीन तथा प्रदीप पासवान र कप्तान हरिशंकर साहले दुई÷दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले ६ विकेट गुमाउँदै एक सय ९७ रन बनाएको थियो। मधेसका अनिल साह र इमरान शेखले अर्धशतकीय पालि खेले। अनिलले ५७ र शेखले ५० रनको योगदान दिए। यस्तै पवन सर्राफले ३३, रुपेश सिंहले २१, हिमांशु दत्तले १५ र हरिशंकर साह १० रन बनाए। एपीएफका मौसम ढकालले तीन तथा अमरसिंह रउटेलाले दुई विकेट लिए। 

यसैगरी अर्को खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले हरायो। एक सय २८ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। आर्मीका भीम सार्कीले ३९, कुशल मल्लले २७, विनोद भण्डारीले २५ र  सोमपाल कामीले १५ रन बनाए। बागमतीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए। यस्तै प्रतिश जिसी, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले एक÷एक विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो। बागमतीका प्रतिक श्रेष्ठले अविजित ५० रन बनाए। यस्तै सन्दीप लामिछानेले १९, रित गौतमले १४ र इशान पाण्डेले १२ रन बनाए। आर्मीका साहब आलमले चार विकेट लिए। यस्तै सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट हात पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.