झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा : झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार बिहीबार साँझ ६:५० बजेको समयमा पूर्वबाट पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-१० मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०१-०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँड्दै गरेको पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका पैदलयात्रीलाई तत्काल उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड पठाएको थियो। उनको सोही अस्पतालमा उपचारको साँझ साढे ७ बजे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यता मोटरसाइकल चालक कमल गाउँपालिका-१ बस्ने अन्दाजी २० वर्षीय सागर तामाङको हातमा चोट लागेको थियो। उनलाई स्थानीय शिवम् मेडिकलमा उपचार गराई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.