मोरङमा सवारीसाधनको ठक्करबाट मृत्यु भएकाको पहिचान खुलेन

मोरङमा सवारीसाधनको ठक्करबाट मृत्यु भएकाको पहिचान खुलेन
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरेमा सवारीसाधनको ठक्करबाट बुधबार साँझ एक जनाको मृत्यु भएको छ । 

यद्यपि, मृतकको पहिचान खुलेको छैन । ठक्कर दिने सवारीसाधन पनि फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा नम्बर नखुलेको सवारीसाधनले साँझ ६:३० बजेतिर ठक्कर दिँदा अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो । 

घटनाको प्रकृति हेर्दा युवक दुर्घटनामा परेजस्तो देखिने मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते अवस्थामा सडकमा भेटिएका युवकलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पु¥याइएको थियो । उपचारका क्रममा साँझ ७:४० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । 

मृतकको नाम, थर र वतन खुल्न नसकेको डीएसपी दाहालले बताए । ‘मृतकको पहिचान खुल्न बाँकी छ । शव ट्रमा सेन्टरमै राखिएको छ,’ उनले भने, ‘ठक्कर दिने सवारीसाधन पनि फेला परेको छैन । नम्बर प्लेटसमेत खुल्न बाँकी छ ।’ मृतकको पहिचानको प्रयास गर्दै दुर्घटना गराउने सवारीसाधनको खोजी तीव्र पारिएको उनको भनाइ छ । 

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा तीव्र गतिको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएजस्तो देखिन्छ । ठक्कर दिएर युवकलाई घाइते बनाएपछि उक्त सवारीसाधन फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.