संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्छ : ओली

संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्छ : ओली
तस्बिर : कृष्ण विष्ट
सुन्नुहोस्

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्ने दाबी गरेका छन्। आज बिहान बैतडीको झुलाघाटमा‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को उद्घाटनको गर्दै उनले सकरात्मक परिवर्तनका लागि एमालेले मात्रै नेतृत्व गर्न सक्ने धारणा राखेका हुन्।

‘अहिलेको सरकारीको अकर्मण्यता, अहिले देशको ओरालो लागेको अर्थतन्त्री र राजनीतिक अस्थिरता हटाउन यो अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’ उनले भने,‘देशमा भएको राजनीतिक बेथिति, अस्थिरता हटाउन र राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्न संकल्प यात्राको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्छु।’

पूर्वप्रधानमन्त्री ओलीले यात्रामा जनताको साथ र उत्साह रहने विश्वास व्यक्त गरे। 

कार्यक्रममा महासचिव शंकर पोख्रेलले मध्यपहाडि लोकमार्गका जनतासँग साक्षात्कार गर्ने उल्लेख गरे। उनले नेपालको मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमाले लागि पर्ने बताए। उनले भने, ‘मध्यपहाडि क्षेत्रको एमालेले अध्ययन गर्ने छ। समृद्धि र विकासको खाँका तयार बनाउनेछ।’

यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू पनि टोलीमा सहभागी हुनेछन्। बैतडीको झुलाघाटबाट सुरु हुने यो अभियान पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित समापन हुने छ। 

मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिन लागिएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ। ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.