कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएकाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्काले पाएका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन बुधबार दुबईतर्फ प्रस्थान गर्ने भएकोले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी तोकेको उल्लेख छ।

प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार बे‍लुका संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दाहालले नोभेम्बर ३० तारिख यूएईमा रहेका नेपाली कामदार तथा व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

डिसेम्बर १ मा उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उत्सर्जनका कारण हुने जलवायु परिवर्तनले पृथ्वीलाई पारेको असर र त्यसको न्यूनीकरणका बारेमा सम्मेलनमा छलफल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.