बझाङ केन्द्रबिन्दु बनाएर गयो भूकम्प
बझाङ : बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प पामन केन्द्रका अनुसार ६:४४ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। बझाङ आसवासका क्षेत्रमा भूकम्प महसुस गरिएको स्थानीयबासी जानकारी दिएका छन्।
यसअघि बझाङमै केन्द्रबिन्दु बनाएर मंसिर ४ गते ४.५ रेक्टरस्केलको भूकम्प गएको थियो। दुई महिनाअघि बझाङकै केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरस्केलको भूकम्प जाँदा सामान्य क्षति भएको थियो।