परराष्ट्रमन्त्री साउद दोहा फोरममा सहभागी हुने

परराष्ट्रमन्त्री साउद दोहा फोरममा सहभागी हुने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद दोहा फोरममा सहभागी हुने भएका छन्। डीसेम्बर १० देखि कतारको राजधानीमा आयोजना हुने फोरममा सहभागी हुने परराष्ट्रमन्त्री साउद अर्को साता त्यसतर्फ जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउद मंसिर २३ गते कतार भ्रमणमा जानेछन्। कतार भ्रमणका बेला उनले इजरायलमा विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको पहल गर्नेछन्। परराष्ट्रमन्त्री साउदले यसअघि नेपाल भ्रमणमा आएका बेला कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग विपिनको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए।

कतारका विदेश राज्यमन्त्रीले विपिनको रिहाइका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.