पर्यटक जोड्दै भार्से गाउँ

पर्यटक जोड्दै भार्से गाउँ
सुन्नुहोस्

गुल्मी : जिल्लाकै सबैभन्दा बढी मगर बस्ती भएको गाउँमा चिनिन्छ गुल्मीको भार्से गाउँ। लाहुरेका गाउँको रूपमा पहिचान बनाएको भार्सेमा आफ्नै मगर समुदायको परम्परा, रीतिरिवाज, भाषा संस्कृति पनि आफ्नै छ। 

मगर समुदायले कला संस्कृतिको पहिचान र गाउँमै पर्यटकलाई थप आकर्षित गर्न बौद्ध स्तूपा, फनपार्क निर्माण गरेका छन्। पछिल्लो समय भार्से गाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। गुल्मी जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित मनमोहक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भार्से गाउँ। 

उक्त गाउँ किवी खेतीका लागि जिल्लामै प्रख्यात मानिन्छ। 

सत्यवती गाउँपालिका– ८ भार्सेको देउराली डाँडामा डेढ करोडमा बौद्ध स्तूपा निर्माण भइरहेको छ। समुन्द्री सतहदेखि २ हजार १ सय ८० मिटर उचाइमा निर्माण भइरहेको स्पूपाको नेतृत्व भार्सेली समाज हङकङले गरेको छ। स्तूपा निर्माणमा भार्से समाज यूके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौंलगायतका संघसंस्था र व्यक्तिले सहयोग गरिरहेको निर्माण समिति अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए। पर्यटकलाई फोटो खिच्न र रम्न पार्क निर्माण, प्रथम र दोस्रो विश्वयुद्धमा होमिएका व्यक्तिको सम्झनामा भार्से भूपू गोर्खा ग्यालेरी, भार्से गोर्खा ग्यालेरी बुढो घर निर्माणका काम तीव्र पारिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए। 

स्तूपा निर्माणसँगै भार्से गाउँलाई पर्यटन क्षेत्रमा विकास र पर्यटकलाई आकर्षण गर्न फन पार्क निर्माण गरिएको छ। भार्से देउरालीबाट उत्तरका धौलागिरि, अन्नपूर्ण र माछापुच्छे्रलगायतका मनमोह हिमशृंखला र गुल्मीसहित पर्वत, बागलुङ, म्याग्दी, पाल्पा र स्याङ्जाका महŒवपूर्ण दृश्यावलोकन गर्न सकिन्छ। यस गाउँको सुन्दरता र मगर समुदायसँग रम्न पर्यटकको संख्या बढिरहेको स्थानीय बताउँछन्। 

कला संस्कृतिको संरक्षणसँगै पर्यटकीय सम्भावना देखेर चार वर्षदेखि होमस्टे सञ्चालन गरिएको छ। होमस्टेका स्वादिष्ट कोदोको ढिँडो, सिस्नो, बाँकको गुन्द्रुक, कालो भट्ट, मकै र फापरको रोटी विशेषता हुन्। होमस्टमा आउने पाहुनाको चाहनाअनुसार सोरठी र कृष्णचरित्र झ्याउरे र दोहोरी प्रस्तुत गरेर पर्यटकलाई  आनन्दको अनुभूति दिलाउने गर्छन्। भार्से समुदायले देखाउने प्रस्तुति लुम्बिनी प्रदेशमै प्रख्यात मानिन्छन्। 

भार्से गाउँ किवी खेतीमा जिल्लामै प्रख्यात मानिन्छ। स्तूपा र पार्कसँग थाप्ले, खानीदेखि प्रसिद्ध स्थान राम पाइलालाई जोडेर पर्यटकीय विकास, यसको संरक्षण र प्रचारप्रसार अगाडि बढाउने लक्ष्य रहेको सत्यवती गाउँपालिका–८ का वडाध्यक्ष होम रानाले बताए। भार्से क्षेत्रको विकास गरी पर्यटक भित्र्याउन पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिरहेको वडाध्यक्ष रानाले जानकारी दिए। स्तूपा र फनपार्कले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ भने यता पर्यटकले भार्से गाउँलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा लिने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.