पासोमा परेको चितुवाको मृत्यु
![पासोमा परेको चितुवाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/chituwa_6AHDMWV5c8_TP8SWyJSdm.jpg)
अर्घाखाँची : अर्घाखँचीमा पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जंगलमा पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत इश्वरी पौडेलले बताए।
पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्वार गरी घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरि बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो।
५९ ईन्च लामो र ३३ इन्च अग्लो, झन्डै ३१ केजीको भाले चितुवा रहेको र पासो कसले थापेको विषयमा अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत पौडेलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)