काठमाडौं महानगरमा सूर्तिजन्य पदार्थको विक्री-वितरणमा रोक

काठमाडौं महानगरमा सूर्तिजन्य पदार्थको विक्री-वितरणमा रोक
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सूर्तिजन्य पदार्थको विक्री-वितरण तथा सेवनमा रोक लगाएको छ। महानगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै आगामी १५ दिनपछि काठमाडौं महानगरपालिकाभित्र प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सूर्तिजन्य पदार्थको पूर्णरूपमा प्रतिबन्ध लगाउने जानकारी दिएको छ।

सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, प्लाकष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि हानिकारक रहेको प्रस्ट पार्दै महानगरले शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायमशालाहरू, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरूलगायतका सार्वजनिक स्थलमा धुम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा, सूर्ती वा यस्तै प्रकारका सूर्तीजन्य पदार्थलाई निषेध गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट व्यवस्था गरेको जनाएको छ।

काठमाडौं महानगरपालिका जनस्वास्थय ऐन २०८० को दफा ४२ ले सूर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणामा रोक लगाउनसक्ने, निषेध र विक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालाकालाई विक्री वितरण गराउन नपाइने, सार्वजनिक स्थलको चारकिल्ला तोकी सो वरपर सूर्तीजन्य र जंकफुड विक्री वितरण गर्न निषेध गर्नसक्ने कानुनी व्यवस्था रहेको उसले प्रस्ट पारेको छ। 

'कानुनी व्यवस्था हुदाँहुँदै हालसम्म काठमाडौं महानगरपालिका क्षेत्रभित्र मदिरा, सूर्तिजन्य, पदार्थहरु बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकाले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तिजन्य पदार्थको सेवनका कारण भूमि प्रदुषित हुने, ढल जामहुने, फोहोर मैला बढ्न गई सहरको सुन्दरतामा प्रतिकुलप्रभाव परेको छ,' विज्ञप्तिमा भनिएको छ।

सूर्तीजन्य पदार्थको सेवनले राज्यको करोडौं रकम खर्च भइरहेको भन्दै पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका जस्तै खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तीजन्य पदार्थहरू र सार्वजनिक स्थानमा धुम्रपानलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनपछि काठमाडौं महानगरपालिका क्षेत्रभित्र विक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।
त्यस्ता चिजहरू विक्री-वितरण गरेको पाइएमा महानगर प्रहरीमार्फत् जफत गर्ने र कानुनअनुसार अधिकत्तम सजाय गरिने महनगरले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.