सिंहदरवारमा दाहाल र ओलीबीच भेट, गणतन्त्रविरोधी भइरहेका प्रदर्शन रोक्ने विषयमा छलफल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो।
भेटमा आसन्न राष्ट्रियसभाको निर्वाचन र समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरूबीच गणतन्त्रको विरोधमा आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंको गतिविधिबारे समेत छलफल भएको स्रोतको भनाइ छ।
कोप-२८ मा सहभागी हुन युएई जानुअघि प्रधानमन्त्री दाहालले ओलीसँग छलफल गरेका हुन्। कोप-२८ मा नेपालले समेट्नुपर्ने एजेण्डाका विषयमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग सुझाव लिएका थिए।