डोल्पाको जुफाल विमानस्थल जोड्ने सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती

डोल्पाको जुफाल विमानस्थल जोड्ने सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डमा हिलो बढेपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ। ठुलिभेरी नगरपालिका-७ मा पर्ने जुफाल विमानस्थलदेखि एक किलोमिटर तलको सडक पानीले हिलो भएपछि दैनिक आवतजावत गर्ने जीप, टयाक्टर, मोटरसाइकल लगायतका सवारी साधनलाई सञ्चालनमा समस्या भएको छ।

जुफाल बजारभरीबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा निकास गरिएको छ। जसका कारण करिब दुई सय मिटर सडक हिलोले भरिभराउ भएको हो। बाटो चिप्लो भएर जीप, मोटरसाइकल लगायतका सवारी साधनका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटना हुने गरेको जीप व्यवसायी शेरबहादुर कठायतले जानकारी दिए।

जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीहरूले समस्या भोगिरहेको कठायतको भनाइ छ। ‘नगरपालिका कार्यालय नजिकै छ। दुःखको कुरा बजारको पानी व्यवस्थित गर्नुको सट्टा सिधै मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो देखाएको पाइन्न। सडकमा हिलो सँगै धुलो पनि उत्तिकै छ। जसले गर्दा जीपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुसल गन्तव्यमा पुर्‍याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गर्छ’' उनले भने।

नजिकको सरकार स्थानीय सरकार नै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुपता देखाउनुपर्ने उनको भनाइ छ। यही बाटो भएर आवतजावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नु परेको छ।

धुलो र हिलोले अप्ठेरो बनेको सडकदेखि नजिकै नगरपालिका भए पनि सुधारका लागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ। डोल्पालीका लागि भरपर्दो यातायातको साधनका रूपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री, सांसद, जिल्लाका प्रशासक, नगरका जनप्रतिनिधि यहि बाटो भएर आवत जावत गर्ने भए पनि सुधारका लागि कुनै सुझाव तथा चासो देखाएका पाइँदैन।

डोल्पा प्रवेशको मुख्यद्वारको सडकको अवस्था नाजुक भएको त्रिपुराकोटका व्यापारी प्रकाश पन्थीले बताए। काम विशेषले जुफाल एयरपोर्ट जानुपर्ने हिलो सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने उनको भनाइ छ।

बजारको पानी भित्र भित्रै भिजेर बाटोमा पुगेपछि जुफाल बजार समेत पहिरोको उच्च जोखिममा रहेको छ। एयरपोर्ट पुग्ने सडक नै हिलो र धुलोले भरिएपछि सडक चिप्लो भएर दुर्घटनाको जोखिम रहेको ट्राफिक प्रहरी जवान झलनाथ वलीले बताए। यस्तो सडक समयमै सुधार गर्न नगरपालिकालाई समेत उनले अनुरोध गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.