दक्षिण कोरियाको युवा जनसंख्या ३० वर्षमा आधा हुने

दक्षिण कोरियाको युवा जनसंख्या ३० वर्षमा आधा हुने
फाइल तस्बिर।
सुन्नुहोस्

सोल : तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसंख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको संख्या आधा हुने अपेक्षा गरिएको कोरियाको तथ्यांक निकायले सोमबार बताएको छ। 

तथ्यांक कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको संख्या कुल जनसंख्याको २० दशमलव चार प्रतिशत अर्थात् १ करोड २ लाख १३ हजार थियो। यो उमेर समूहको संख्या सन् १९९० मा १ करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा १ करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड ९ लाख ६७ हजार भएपछि सन् २०५० मा यो संख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ। 

सन् २०५० मा कुल जनसंख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ। कुल प्रजनन दर अर्थात एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत संख्यासन् २०२२ मा शून्य दशमलव ७८ को न्यूनस्तरमा पुगेको छ। कुल युवा जनसंख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ। 

-  (सिन्ह्वा/रासस)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.