वेयर हाउजिङमा ओइरिए लगानीकर्ता

वेयर हाउजिङमा ओइरिए लगानीकर्ता
सुन्नुहोस्

काठमाडौं : नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा सेयर पाउने आवेदकको संख्याभन्दा साढे ६ गुणा बढीले व्यक्तिले आवेदन दिएका छन्। दुई दिनमा निष्कासन गरिएभन्दा ७.२ गुणा बढी आवेदन परेको छ।

सोमबार साँझसम्म ८१ करोड ७१ लाख ९२ हजार रुपैयाँबराबरको ८१ लाख ७१ हजार ९ सय २० कित्ता सेयर माग भएको हो। ७ लाख ५२ हजार १ सय १९ जना आवेदकले आवेदन दिएको सीडीएसले जनाएको छ। जबकि १०–१० कित्ताका दरले सो सेयर १ लाख १४ हजार १ सय २५ जनालाई पर्नेछ। बाँकीको हात खाली हुनेछ।

आवेदन परेको सेयर संख्या कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरको ७.१६ गुणा बढी हो। नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा आइतबारदेखि आवेदन खुलेको हो। कम्पनीले सर्वसाधारणलाई छुट्ट्याएको १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरिसकेको छ।

कम्पनीले २७ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि तथा ६८ हजार ७ सय ५० कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.