मुक्तिनाथमा साढे १० लाखले दिए आवेदन

मुक्तिनाथमा साढे १० लाखले दिए आवेदन
सुन्नुहोस्

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा चौथो दिनसम्म १० लाख ५७ हजार ८ सय २८ जनाले आवेदन दिएका छन्।

सोमबार साँझसम्म ती आवेदकले १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँबराबरको १ करोड १५ लाख २३ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ। सो आईपीओ १ लाख १४ हजार ८ सय जनालाई १०–१० कित्ताका दरले बाँडफाँड हुनेछ। बाँकी आवेदकको हात खाली हुनेछ।

कम्पनीले सर्वसाधारणलाई छुट्ट्याएको १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फन्डलाई बिक्री गरेर बाँकी ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन खुलेको हो।

आईपीओमा मंगलबारसम्म आवेदन दिन पाइनेछ। मुक्तिनाथको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाइनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल हो।

कम्पनीलाई क्रेडिट रेटिङ गर्ने इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको बुझाउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.