हिमालय रिआकर्षण, ब्यालेन्स्ड फन्डमा छैन

हिमालय रिआकर्षण, ब्यालेन्स्ड फन्डमा छैन
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीमा जानेका लागि खुलेको हिमालयन रिइन्स्योरेन्सको आईपीओमा ३५ करोड ६० लाख बढी रुपैयाँबराबरको आवेदन परेको छ। आइतबार साँझसम्ममा १९ हजार २ सय ९८ जना आवेदकले १७ लाख २८ हजार ४ सय ८० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ।

हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको ३ करोड कित्ता आईपीओ निष्कासन गर्दैछ। जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा जानेका लागि सुरक्षित गरिएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेले मात्र आईपीओ भर्न पाउनेछन्।

हिमालयन रिले प्रतिकित्ता एक सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरेर २ सय ६ रुपैयाँ दरमा आईपीओ निष्कासन गरेको हो। आईपीओमा १० देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

यता एनआईसी एसिया क्यापिटलले म्युचुअल फन्ड योजनामा हालसम्म ७७ करोड ९२ लाख ९४ हजार ७ सय रुपैयाँको आवेदन परेको छ। ‘एनआईसी एसिया ग्रोथ फन्ड २’ मा ४६ हजार ६ सय ६० आवेदकले ७ करोड ७५ लाख २९ हजार ४ सय ७९ इकाइ माग गरेका हुन्।
म्युचुअल फन्डको एक अर्ब रुपैयाँबराबरको १० करोड इकाइ निष्कासन भएकामा ८ अर्ब ५० करोडका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यो बन्दमुखी योजनामा मंसिर ७ गतेसम्म पर्याप्त आवेदन नपरेका कारण आवेदन अवधि मंसिर १८ गतेसम्म लम्ब्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.