गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार
इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको छ ।
इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स (ट्वीटर) मा भने, 'जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ ।'
युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ।